नियम ३९
संरक्षण धार्मिक वन फिर्ता लिन सकिने
(१) नियम ३८ बमोजिम सुम्पिएको संरक्षण धार्मिक वन जिम्मा लिने सम्बन्धित धार्मिक संस्था, समूह वा समुदायले वन व्यवस्थापन कार्ययोजना बमोजिम कार्य नगरेमा परिषद्ले त्यस्तो धार्मिक संस्था, समूह वा समुदाय सँग पन्ध्र दिनसम्मको म्याद दिई स्पष्टीकरण माग गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम माग गरिएको स्पष्टीकरण नदिएमा वा दिएको स्पष्टीकरण सन्तोषजनक नभएमा वा स्थलगत प्रतिवेदनबाट संरक्षण धार्मिक वन फिर्ता लिन मनासिव देखिएमा परिषद्ले त्यस्तो संरक्षण धार्मिक वन फिर्ता लिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम परिषद््ले गरेको निर्णयउपर चित्त नवुझ्ने धार्मिक संस्था, समूह वा समुदायले त्यस्तो निर्णयको सूचना पाएको मितिले पैंतीस दिनभित्र विभागसमक्ष उजुरी दिन सक्नेछ ।
(४) उपनियम (३) बमोजिम उजुरी दिएकोमा विभागले आफ्नो निर्णय दिनु पर्नेछ र विभागले गरेको निर्णय अन्तिम हुनेछ ।
(५) उपनियम (२) बमोजिम उजुरी परेमा सोको अन्तिम निर्णय र फिर्ता लिएको वनको संरक्षण अर्को व्यवस्था नभएसम्म सो वनको संरक्षण तथा व्यवस्थापन परिषद् आफैंले गर्नेछ ।